एनएमबी बैंकको विशेष साधारण सभाले पारित गर्यो ओमलाई गाभ्ने प्रस्ताव

  २०७६ साउन २८ गते १७:४८     विकासन्युज


काठमाडौँ । एनएमबी बैंक लिमिटेड विशेष साधारण सभा मंगलबार सम्पन्न भएको छ । विशेष साधारण सभामा एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रस्ताव पारित भएको गरेको छ । यसअघि नै समझदारी पत्रमा हस्ताक्षर भएको भएको र मंगलबार साधारण सभामा पेश भएको प्रस्ताव सर्वसम्मतीले पारित भएको हो ।

एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेडको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात (सेयर स्वाप रेसियो) १००ः ७६ रहने स्वीकृति साधारण सभाले प्रदान गरेको छ । जसमा ओम डेभलपमेन्ट बैंकका शेयरधनीहरुले ओम डेभलपमेन्ट बैंकको प्रत्येक १०० कित्ता बराबर एनएमबी बैंकको ७६ कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जर पश्चात एनएमबि बैंकको कूल पूँजी तथा जगेडा कोषमा बृद्धि भई रु.२० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जा क्रमशः रु. १ खर्ब १९ अर्ब र रु. १ खर्ब १३ अर्ब पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.