प्राइम बैंकका सिईओ नारायणदास मानन्धरलाई काम गर्न दिन सर्वोच्चको आदेश

  २०७६ साउन २८ गते १७:३७     विकासन्युज

काठमाडौं । उमेरहदका कारण प्राइम कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) पदबाट हटाइएका नारायणदास मानन्धरलाई सर्वोच्च अदालतले काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई आज मंगलबार काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो । सो आदेशसँगै मानन्धरले अब फेरि प्राइम बैंकमा सिईओको कार्यभार सम्हाल्न पाउने भएका छन् ।

राष्ट्र बैंकले गत २० गते परिपत्र जारी गर्दै बैंकका सिईओका लागि ६५ वर्ष र सञ्चालकको लागि ६९ वर्ष उमेर हद तोकेको छ । सो उमेरभन्दा माथिका व्यक्तिले सो पदमा बस्न योग्य हुने छैनन् ।

बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा उमेरहद नतोकिएको हुँदा राष्ट्र बैंकको निर्देशन कानून विपरीत भएकाले पदबाट हटाउन नमिल्ने सर्वोच्च अदालतको ठहर छ ।

सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.