दक्षिण कोरियाले जापानलाई आफ्नो निर्यात साझेदारी सूचीबाट हटायो

  २०७६ साउन २७ गते १२:०९     विकासन्युज

काठमाडौं। दक्षिण कोरियाले जापानलाई आफ्नो विश्वसनीय निर्यात साझेदारहरूको ह्वाइटलिस्टबाट हटाउने निर्णय गरेको छ।

दक्षिण कोरियाली व्यापार, उद्योग र ऊर्जा मन्त्री सुंग युन-मोले सोमबार एक पत्रकार सम्मेलन मार्फत जापानलाई हटाउने बताएका हुन् ।

टोकियोले यस महिनाको शुरूमा दक्षिण कोरियालाई विश्वसनीय निर्यात साझेदारबाट हटाएको थियो ।

यसका साथै दक्षिण कोरियाले जापानले गरेको निर्यात प्रतिबन्धको बारेमा विश्व व्यापार संगठनलाई गुनासो पेश गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.