साउन २९ गते अन्तर्राष्ट्रिय गोष्ठी हुने, बैंकिङ र बीमा क्षेत्रको जोखिमबारे छलफल

  २०७६ साउन २६ गते १४:०९     विकासन्युज


काठमाडौँ । अन्तराष्ट्रिय जोखिम व्यवस्थापन गोष्ठी साउन २९ गते हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्यूट अफ नेपाल लिमिटेड(बीएफआईएन)को प्रथम वार्षिकोत्सवका अवसरमा गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त गोष्ठी राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गर्ने कार्य तालिका रहेको छ ।

होटल हायात रिजेन्सीमा हुने गोष्ठीमा जोखिम व्यवस्थापनको नियामक र निरीक्षणात्मक दृष्टिकोणबारे राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र तथा बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सुदीप खनालले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, ठूला तथा साना आयोजनाहरुमा गरिने लगानीका जोखिमहरु र तिनका सुधारात्मक रणनीतिहरुबारे सेन्ट्रल बैंक अफ इण्डिया लिमिटेडका पूर्व अध्यक्ष एस श्रीधर तथा जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवरले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी, यान्त्रिक परिवर्तन र वित्तीय एवम् बीमा क्षेत्रमा देखा पर्ने जोखिमहरुबारे भारतको एक्जिम बैंकका सहायक महाप्रवन्धक दीपक भाटियाले कार्यपत्र प्रस्तुत गर्ने बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.