४ सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गर्यो कारवाही

  २०७६ साउन २२ गते १८:१२     विकासन्युज

काठमाडौं । गुणस्तरीय उत्पादन नगर्ने र नीति नियम नमान्ने चार कम्पनीलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ ।

तीन ओपिसी सिमेन्ट, एक पिपिसि सिमेन्टमा उद्योगले गुणस्तरहीन उत्पादन गरेकाले विभागले कारवाही गरेको हो ।

मोरङमा रहेको रहेका नेपाल अल्ट्राटेक सिमेन्ट प्रालि, भैरहवामा रहेको  नेपाल अम्बुजा सिमेन्ट उद्योग,
सुनसरीको  जानकी सिमेन्ट ई प्रालि र परासीमा रहेको  चितवन सिमेन्ट उद्योगलाई विभागले कारवाही गरेको जनाएको छ ।

कारवाही गरिएकामध्ये नेपाल अल्ट्राटेक सिमेन्ट बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको, चितवन सिमेन्टको इजाजतपत्र रद्द, नेपाल अम्बुजा सिमेन्टको इजाजतपत्र स्थगन र जानकी सिमेन्टको बिक्री वितरण रोक र स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.