आइएमईले बुटवलमा सार्वजनिक गर्यो ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’

  २०७६ साउन २१ गते १३:४५     विकासन्युज

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘२१ घातक रोग विरुद्ध रक्षावरण योजना’ बुटवलमा सार्वजनिक गरेको छ ।
साउन १६ र १७ गते प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रीय तथा शाखाप्रबन्धक सम्मेलनको अवसरमा यो योजना सार्वजनिक गरिएको हो ।

उक्त योजना अन्तर्गत कम्पनीका बीमितहरुले विभिन्न २१ घातक रोग विरुद्ध अधिकतम ५० लाख सम्मको आर्थिक सुरक्षा प्राप्त गर्न सक्नेछन् ।

उक्त योजना सार्वजनिक भएसँगै कम्पनीका बीमितहरु आर्थिक अभावका कारण उपचार गर्नबाट बञ्चित नहुने कम्पनीले जनाएको छ ।
योजना सार्वजनिक हुनु अगावै बीमालेख लिइसकेका बीमितहरुले समेत यो योजनामा सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

दावी भुक्तानी माग गर्दाको अवस्थामा स्वास्थ्य उपचारको रसिद पेश गर्नु पर्ने झन्झटबाट मुक्त हुने व्यवस्था रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.