क्यानले ४९ जनालाई १ करोड ८५ लाखको छात्रबृत्ति प्रदान गर्ने

  २०७६ साउन २१ गते १३:२७     विकासन्युज


काठमाडौँ । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान)ले प्राबिधिक शिक्षा पढ्ने ४९ जनालाई १ करोड ८५ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गर्ने भएको छ । क्यान फेडेरेशनले प्रदेश ५  बुटवलमा पत्रकार सम्मलन गर्दै आइटीमा विद्यार्थीलाई आकर्षण बढाउन १ करोड ८५ लाख ३६ हजार बराबरको छात्रबृत्ति बितरण गर्न लागिएको जानकारी गराएको हो ।

छात्रवृत्ति प्रदान गर्ने सम्झौतामा क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एजुकेशन फाउण्डसनका तर्फबाट अध्यक्ष पंकज जलानले प्रधानमन्त्रीको यसअघि नै हस्ताक्षर समेत गरिसकेका छन् ।

उक्त कार्यक्रममा क्यानका केन्द्रीय बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले लर्ड बुद्ध एजुकेशन फाउण्डेनको सहकार्यमा सातै प्रदेशका ७ जनाका दरले ४९ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिने बताए । सबै प्रदेशका १–१ जना छात्रालाई पूर्ण छात्रबृत्ति दिइने छ भने अन्य ४२ जनालाई आंशिक छात्रबृत्ति दिइने बताइएको छ ।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरुले लर्ड बुद्ध एकजुकेशन फाउण्डेसनमा स्नाकत तह अन्तरगत बीएस्सी आईटीको अध्ययन गर्न पाउने लर्डबुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष पंकज जलानले बताए । ‘नेसनल आईसीटी स्कलरसिप-२०७६’ नाम दिइएको यसमा सातै प्रदेशका विद्यार्थीहरुले समान अवसर पाउने क्यानले जनाएको छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित दश जोड दुई अर्थात् सो सरह अध्ययन गरेका र कक्षा १० को गणित विषयमा कम्तिमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले क्यानको वा लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.