पुनरकर्जाको ब्याजदर ४ बाट ३ प्रतिशतमा झर्यो

  २०७६ साउन २० गते २०:०८     विकासन्युज


काठमाडौँ । बैदेशिक रोजगार तथा अध्ययनबाट फर्कने युवालाई धितोमा प्रदान गरिने पुनरकर्जा कर्जाको ब्याजदर नेपाल राष्ट्र बैंकले घटाएको छ । हाल कायम ४ प्रतिशत ब्याज दरलाई घटाएर ३ प्रतिशतमा झारेको हो । राष्ट्र बैंकले सोमबार एकीकृत कार्यबिधि संसोधन गर्दै सार्वजनिक गरेको निर्देशिकामा उक्त कुरा उल्लेख छ ।

नयाँ व्यवस्था अनुसार साधारण पुनरकर्जा सुविधा उपयोग गर्दाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सम्बन्धित ऋणीबाट ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । यसअघि ऋणीबाट ८ प्रतिशतसम्म ब्याज लिन पाउने व्यवस्था थियो ।

यसैगरी राष्ट्र बैंकले साना तथा मझौला उद्यमहरुमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित १० लाख रुपैयाँसम्मको असल कर्जाको धितो सुरक्षणमा ३ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराइने व्यवस्था गरेको छ । यसअघि यस्तो पुनकर्जा ५ प्रतिशत कायम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.