बीमा पहुँच १९ प्रतिशत पुग्यो, ‘कलकारखानादेखि राष्ट्रिय गौरवका आयोजनाको पनि बीमा’

  २०७६ साउन २० गते १५:१४     विकासन्युज

काठमाडौ । पछिल्लो समय बीमा गराउनेव्यवसायिक कम्पनी बढेसँगै बीमा पहुँच पनि विस्तार भएको छ । अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशतमात्रै रहेको बीमा पहुँच गत आवको अन्त्यसम्म आएर १९ प्रतिशत पुगेको हो । बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्म २० प्रतिशत बीमा पहुँच पुग्ने अनुमान गरेको थियो । गत वर्ष माघ महिनामा बीमा पहुँच १६ प्रतिशतमै सिमित थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको पहुँच बढ्दो क्रममा रहेको र सो वृद्धि आगामी दिनमा अझ बढ्दै जाने बताए । कार्यकारी निर्देशक पौडेलले भने-‘अब बीमा कम्पनीबीच स्वच्छ प्रतिस्पर्धा गराएर बीमा बजार बढाउँदै जान आवश्यक छ ।’ आगामी दिनमा बीमा कम्पनीहरुले नयाँ नयाँ बीमा लेख समेत जारी गर्नु पर्ने उनले बताए ।

अब बिमकहरुले समेत बीमाको पहुँचलाई तिव्र गतिमा प्रचार-प्रसार गर्नु पर्ने देखिएको छ । सर्भेयरहरूले घटना घटेपछि त्यसको मूल्याङ्कन गर्छन् । मूल्याङ्कन गर्दा कहिल्यै पनि बिमितलाई मर्का पार्न नहुने पौडेलको भनाई छ । बीमाको दायरा बढाउन अभिकर्ताको ठूलो सहयोग रहँदै आएको छ । बीमा कम्पनीहरुको शाखा कार्यालयहरू वृद्धि गर्दै स्वच्छ प्रतिस्पर्धामा लान आवश्यक रहेको बीमा समितिले जनाएको छ ।
बीमा समितिले समेत आफ्नो तर्फबाट बीमा बजार सुधारका लागि काम गर्ने प्रतिवद्धता जाहेर गर्दै आएको छ ।

बिमितहरूको समस्या समाधान गर्न बीमा समिति सधैँ तत्पर रहेको छ । बीमा इतिहासको काल खण्ड हेर्दा केही उत्तर चढावहरु आएका छन् । अहिले जीवन बीमा भनेको बचत तथा जोखिम बहन दुबै हो । यस विषयमा बिमितले जानकारी पाइसकेका छन् । अहिले बीमा व्यवसाय विश्वासिलो बन्दै गएका छन् । विश्वास भनेको बीमा व्यवसाय चल्नको लागि मुख्य आधार समेत हो ।

देश विकासको क्रममा रहेकाले यहाँ रहेका कलकारखाना देखि राष्ट्रिय गौरवको आयोजनासम्मलाई बीमा कम्पनीहरूले सुरक्षण दिन सक्छन् । ‘भोलिका दिनमा पुन र्निमार्णको काम धेरै हुन बाँकी रहेकाले बीमाको पहुँच बढ्दै जान्छ’-पौडेलले विकासन्युजसँगसँग भने ।
हाल नेपालमा १९ जीवन, १९ निर्जीवन र पुर्नबीमा कम्पनी गरी जम्मा ४० वटा बीमा कम्पनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.