कुमारी बैंकले कमायो १ अर्ब ३३ करोड नाफा, प्रतिसेयर आम्दानी १५.३६ रुपैयाँ 

  २०७६ साउन २० गते १०:११     विकासन्युज

काठमाडौं । कुमारी बैंकले  गत आर्थिक वर्ष २०७५/७६ मा राम्राे प्रगति गरेकाे छ । बैंकले गत वर्ष १ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आव २०७४/७५ मा १ अर्ब ४ करोड १८ लाख खुद नाफा गरेको थियो ।

नाफासँगै बैंककाे व्यवसाय विस्तार पनि राम्राे देखिएकाे छ । तरलता संकटकाे वर्षमा बैंकले निक्षेप करिब २३ प्रतिशतले र कर्जा करिव २२ प्रतिशतले वृद्धि गरेकाे छ ।

असार मसान्तसम्ममा बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेर ७३ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४ अर्ब निक्षेप वृद्धि गरेकाे छ भने १३ अर्बले वृद्धि गरेकाे छ । विभिन्न क्षेत्रमा बैंकले ९ अर्ब १२ कराेड लगानी गरेकाे छ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । विभिन्न काेषमा रहेकाे रकमसहित बैंककाे कुल पुँजी काेष ११ अर्ब ९२ कराेड रूपैयाँ छ ।  पुँजी काेष पर्याप्तता अनुपात १२.०७ प्रतिशत रहेकाे छ । गत वर्ष झै व्यवसाय विस्तार गर्न बैंकले सेयरधनीलाइ बाेनस सेयर दिएर पुँजी वृद्धि गर्नु पर्ने देखिएकाे छ । तर राष्ट बैंककाे निर्देशन बमाेजिम पुँजीकाे २५ प्रतिशत ऋणपत्र जारी गर्दा पुँजी काेष वृद्धि हुने भएकाेले नगद लाभांश मात्र पनि दिन सक्छ ।

बैंकको खराब कर्जामा पनि सुधार भएकाे छ । अघिल्लाे असार मसान्तसम्ममा १.०१ प्रतिशत रहेकाे खराव कर्जा गत असार मसान्तमा ०.९७ प्रतिशतमा झरेकाे छ ।

बेस रेट भने अाैसतभन्दा बढी अर्थात १०.८२ प्रतिशत रहेको छ । व्याजदर अन्तर ३.५४ प्रतिशत मात्र रहेकाे छ । सीडी रेसियाे ७८ प्रतिशत रहेकाे छ ।

बैंकले अघिल्लो आवको भन्दा प्रतिसेयर आम्दानी बढाएको छ । अघिल्लो आवको तुलनामा प्रतिसेयर आम्दानी ८२ पैसाले बढेर १५.३६ रुपैयाँ पुगेको छ । कुमारी बैंकको प्रतिसेयर नेटवर्थ १३६.६४ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.