संसदमा अड्कियो बीमा विधेयक, ‘ऐन छिट्टै बने सुधार चाँडै हुने’

  २०७६ साउन १९ गते १९:४४     नबिन पोखरेल


काठमाडौ । संघीय संसदमा पुगेको लामो समय भइसक्दा समेत ‘बीमा विधेयक’ पारित हुन सकेको छैन । उक्त विधेयक जति छिटो पारित हुन्छ त्यति नै छिटो बीमा क्षेत्रमा सिईओको योग्यता देखि सर्भेयरले गर्ने कामसम्ममा सकारात्मक प्रभाव पार्ने बताइएको छ ।

राष्ट्रिय बीमा संस्थानले दिएको जानकारी अनुसार–‘बीमा विधेयक संसदबाट पारित हुना साथ राष्ट्रिय बीमा संस्थान कम्पनीमा जान्छ ।’ उक्त संस्थान कम्पनीमा गए पछि बीमा क्षेत्रमा आएका नयाँ कम्पनीको ढाँचा अनुसार संस्थानले सम्पूर्ण काम थाल्नु पर्ने हुन्छ ।

२०४९ को बीमा ऐनको दफा ४७ मा नियम तथा विनियम बनाउने अधिकारका बारेमा उल्लेख गरिएको छ । उक्त दफाको उप–दफा १ मा भनिएको छ–‘यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्ने छन् ।’ यस्तै, दफा ४७ कै उपदफा २ ले भनेको छ –‘यस ऐनको अधिनमा रही समितिले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियम बनाउन सक्नेछ ।’

नेपाल सरकारले बीमा व्यवसायको हित र सम्बद्र्धनको निमित्त समितिलाई आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुने विद्यमान ऐनमा छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार बीमा विद्येयकमा केही महत्वपूर्ण कुराहरु समेटिएका छन् ।

बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा लाने लग्ने कुरा उल्लेख छ । यस्तै, बीमा कम्पनीमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत (सिईओ)को योग्यताको विषयमा समेत सम्बोधन गरेको पाइन्छ । विद्येयकले सिइओको योग्यता बीमा, व्यस्थापन तथा अर्थशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरेको हुनु पर्ने कुरामा जोड दिएको छ ।

यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ ।

अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.