प्राइम बैंकको सीईओमा पुनः मानन्धर नियुक्त, पुँजी २२ अर्ब बनाउने र बाेनस १६% नघटाउने प्रतिवद्धता

  २०७६ साउन १८ गते १०:२०     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायणदास मानन्धर पुनः नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्ती गरेको हो ।

यस बैंकको स्थापना देखि नै सीईओको भूमिकामा रहेका मानन्धरले यस बैंकमा १२ वर्ष अर्थात तीन कार्यकाल काम गरिसकेका छन् । उनी चौथो कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धि नयाँ ऐनले सीईओले दुई कार्यकाल काम मात्र गर्न पाउने गरेको व्यवस्था पछि भने उनको यो दोस्रो कार्यकाल हो ।

मर्ज गरेर पुँजी २२ अर्ब बनाइने

पुनः नियुक्ती पछि विकासन्युजसँग कुरा गर्दै मानन्धरले राष्ट्र बैंकको नीतिअनुसार मर्जर र एक्विजिशनमा जोड दिने बताए । बैंकले अधिकृत पुँजी २२ अर्ब रुपैयाँ बनाईसकेको जानकारी दिदै एक/ढेड वर्षभित्र चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुर्याउने बताए ।

पुँजी वृद्धि मात्र आफ्नो प्राथमिकता नभएको उनले प्रष्ट पारे । ‘बैंकका सेयरधनीले पाउने लाभांश पनि घट्नु भएन । गत वर्ष १६ प्रतिशत बोनस सेयर दिएका थियौ । भविष्यमा पनि त्यो भन्दा बढी प्रतिफल कसरी दिन सकिन्छ भनेर हामी काम गछौं’ उनले भने–‘थोरै खर्चमा अधिकतम प्रतिफल लिने गरी हामी काम गर्दै आएको छौं । हाम्रो सञ्चालन खर्च निकै कम छ ।’

प्राइम बैंकमा एउटा वाणिज्य बैंक र केही विकास बैंक मर्ज गराउने योजनाका साथ काम भईरहेको उनले बताए । मर्जर तथा एक्विजिशनमा जाँदा पुँजी पनि बढ्ने, विजनेश पनि बढ्ने र नाफा पनि नघट्ने उनले बताए ।

५० वर्षको अनुभव

मानन्धरसँग निरन्तर ५० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । लामो समय बैकिङ क्षेत्रमा काम गरेकाले व्यवसायिक समूदायका अधिकांश मान्छेलाई उनले नजिकबाट चिन्छन् । मान्छेको खुबी छिट्टै पहिचाहन गर्न सक्ने खुबीले उनले कर्मचारीलाई उचित जिम्मेवारी दिएर एक ढिक्का बनाउने उनको खुबी छ । त्यस्तै, सेयर होल्डर र नियामकसँग राम्रो सम्बन्ध राख्न उनी सफल देखिएका छन् ।

कृषि विकास बैंक स्थापनादेखि नै सो बैंकमा आवद्ध मानन्धर पछि क्रमशः राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक, नेपाल बंगलादेश बैंक हुँदै प्राइम कमर्सियल बैंकमा आवद्ध भएका हुन् । उनले २०६० को दशकमा स्थापना भएका बैंकहरु मध्ये राम्रो बैंकको रुपमा प्राइम बैंकलाई स्थापित गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.