एनसीसी बैंकद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण

  २०७६ साउन १७ गते १४:१६     विकासन्युज


काठमाडौँ । रौतहट जिल्लाको यमुनामाई गाउँ पालिका स्थित एनसीसी बैंकको शाखा कार्यालयद्वारा बाढी पीडित परिवारलाई राहत वितरण गरिएको छ ।

यमुनामाई-४ का बाढी पीडितलाई विहीबार बैंकले राहत वितरण गरेको हो । स्थानीय ३० परिवारलाई १५ दिनसम्म पुग्ने दाल, चामल, नून, आलु लगायतका सामाग्री बितरण गरेको शाखा प्रबन्धक उज्वल रिजालले जानकारी दिए ।

असार महिनाको अन्तिम साता वर्षासँगै आएको बाढीबाट पीडित भएका परिवारलाई खाद्यान्य सहयोग गरेकोमा वडा नम्बर ४ का अध्यक्ष चेतन राय यादवले खुशी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.