डिप्रोक्स लघुवित्त मर्जरमा जाने, ४ सदस्यीय समिति गठन

  २०७६ साउन १७ गते १२:३६     विकासन्युज


काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ ।

कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक यज्ञप्रसाद शर्मा संयोजक रहेको समिति गठन गरेको हो । समितिको सदस्यमा सञ्चालक भृगुऋषि दवारी र रमेशकुमार रघुबंशी रहेका छन् भने सदस्य सचिवमा प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहेका छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार गर्दै आएका लघुवित्त वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने÷गाभिने र प्राप्ती गर्ने नीतिलाई सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.