६ महिनामा हुवावेको आय अघिल्लो वर्षको तुलनामा २३.२ प्रतिशतले वृद्धि

  २०७६ साउन १६ गते १७:४८     विकासन्युज

काठमाडौं। हुवावेले २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ। घोषित आय ४.०१ खर्ब चिनियाँ युआन रहेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले वृद्धि हो । सन् २०१९ को पहिलो ६ महिनाको अवधि मा हुवावे खुदनाफा ८.७ प्रतिशत रहेको छ।

हुवावे अध्यक्ष लियाङ हुआका अनुसार कम्पनीको संचालन सहज रूपमा र सदाजस्तै निकै राम्रो चलिरहेको छ। प्रभावकारी व्यवस्थापन र सबै आर्थिक सूचकांकहरूमा सर्वोत्कृष्ट प्रदर्शनका कारण सन् २०१९ को पहिलो ६ महिनामा ह्वावेको व्यापार निकै मजबुत रहेको छ ।

उत्पादनमा निरन्तर वृद्धि र वायरलेस नेटवर्कहरू, अप्टिकल ट्रान्समिसन, डेटा कम्युनिकेशन्स, आईटी र डोमेनसँग सम्बन्धी उत्पादनहरूको सिपमेन्ट जस्ता कारणहरूले गर्दा हुवावे क्यारियर बिजनेस तर्फ बिक्रीबाट आर्जित आय १.४६ खर्ब चिनियाँ युआन पुग्यो। हाल सम्म हुवावेले ५० वटा व्यवसायिक फाइभजी अनुबन्धहरू प्राप्त गर्न सफल भइसकेको छ भने विश्वभर १ लाख ५० हजार भन्दा बढी बेस स्टेशनहरू रहेका छन् ।

हुवावे इन्टरप्राइज बिजनेस तर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय ३१.६ अर्ब चिनियाँ युआन रहेको छ। हुवावेले क्लाउड, आर्टि्भिसल इन्टेलिजन्स, क्याम्पस नेटवर्कहरू, डेटा सेन्टरहरू, इन्टरनेट अफथिङ्स र इन्टेलिजन्ट कम्प्युटिङजस्ता विभिन्न डोमेनहरूमा आफ्नो आईसीटी पोर्टफोलियोलाई ह्वावेले निरन्तर रूपमा सुदृढ तुल्याई रहेको छ । सरकारी तथा युटिलिटी उपभोक्ताहरूका माझ तथा अर्थ, ढुवानी, उर्जा र अटोमोबाइल जस्ता व्यवसायिक क्षेत्रहरूमा पनि विश्वासिलो वितरकका रूपमा हुवावे रहेको छ ।

Related image

हुवावे अध्यक्ष लियाङ हुआ

हुवावे कन्ज्युमर बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय २.२० खर्ब चिनियाँ युआन पुग्न सफल भएको हो। ह्वावेको स्मार्टफोनहरू तर्फको (हनर फोनहरूसहित) सिपमेन्ट संख्या ११.८ करोड वटा पुग्न सफल भएको छ जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो ।

यस्तै हुवावेको ट्याब्लेट, पीसी कम्प्युटर तथा वेयरेबलहरूको सिपमेन्टतर्फ पनि उत्साहजनक वृद्भि भएको छ। हालसम्म हुवावे मोबाइल सर्भिस इकोस्टिमको ८ लाखभन्दा बढी पनि दर्ता गरिएका डेभेलपरहरू र विश्वभर पचास करोड प्रयोगकर्ताहरू रहेका छन्।

“मे महिनाभर आम्दानी तीव्र गतिमा बढ्यो” लियाङ बताउँछन। “अमेरिकी सरकारले हुवावेलाई देशको राष्ट्रिय सुरक्षाका लागि जोखिम युक्त भएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरेपनि वर्षको पहिलो ६ महिनामा हामीले जुन आधार तयार पार्यौँ त्यसले गर्दा बिक्रीमा हामीले निरन्तर वृद्धि देख्यौँ। यसको अर्थ भनेको हाम्रो अगाडि कठिनाइहरू नभएका होइनन् । हामी गर्छौँ र अल्पकालका लागि यसले हाम्रो वृद्धिको गतिमा प्रभाव पार्न सक्छ ।”

उनी थप्छन्–“तर हामी आफ्नो गतिमा कायम रहनेछौँ । हाम्री भविष्य प्रति पूर्ण आशावादी छौँ र पूर्वयोजना अनुरूप नै हामी लगानीलाई निरन्तरता दिनेछौँ र यस वर्ष रिसर्च र डिभेलपमेन्टमा कुल १.२ खर्ब चिनियाँ युआन लगानी गर्दछौँ । हामी विभिन्न चुनौतीहरूलाई पार गर्नेछौँ र हाम्रो पूर्ण विश्वास छ कि हुवावे विकासको नयाँ चरणमा प्रवेश गर्नेछ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.