कुमारी बैंकको ट्याक्सी सेवा प्रदायक सारथीसँग ब्रान्डिङ सहकार्य

  २०७६ साउन ९ गते १८:०२     विकासन्युज


काठमाडौँ । कुमारी बैंक लिमिटेडले देशकै सबभन्दा व्यापक रूपमा परिचित ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग ब्रान्डिङ सहकार्य गरेको छ ।

उक्त सम्झौता-पत्रमा कुमारी बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीब गिरी र सारथीका सह–संस्थापक रवि सिंघलले हस्ताक्षर गरेका छन् ।

उक्त सहकार्य पश्चात सारथीका ६५० ट्याक्सी टपहरुमा कुमारी बैंकको लोगो अंकित स्टिकर तथा विविध बचत खाताहरुको विज्ञापन स्टिकर मार्फत ब्रान्डिङ गरिने छ ।

यसैगरी, सारथीका ट्याक्सी चालकहरुको पहिचान कार्डको पछाडि युनिक क्यूआर कोड अंकित हुनेछ, जसमार्फत सम्पूर्ण ग्राहकहरुले भौतिक नगद रहित नै सवारी शुल्क भुक्तानी गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.