अष्ट्रेलियामा यी काम गर्नेको धेरै माग, पीआर पाउने सम्भावना बढी

  २०७६ साउन ९ गते १८:१०     डोमी शेर्पा

काठमाडौं। नयाँ आर्थिक बर्षको सुरुवातसँगै अष्ट्रेलियाको गृह मन्त्रालयले अत्यधिक मागमा भएका पेशाहरुको बारेमा सुची निकालेको छ। अष्ट्रेलियन सरकारले अत्यधिक मागमा भएका पेशालाई पिआर पाउन सहज बनाईदिने गरेको छ।

यद्यपि प्रत्येक विद्यार्थीको परिस्थिति फरक हुन्छ र उनिहरुलाई व्यक्तिगत रूपमा मूल्याङ्कन गरिनुपर्दछ तर अष्ट्रेलियन सरकारले केहो यस्ता पाठ्यक्रमहरूलाई सुचीमा राखेका छन् जसको मार्फत विद्यार्थीले अष्ट्रेलियामा पिआर पाउनलाई सजिलो बाटो निर्माण गर्न सक्छन्।

अष्ट्रेलियामा स्थायी निवासीको रुपमा काम गर्न, पिआर आवेदकहरुको लागि विभिन्न विकल्पहरू छन्। ति मध्येको एउटा सहज तरिका भनेको मागमा भएका पेशासँग सम्बन्धित बिषय पढ्नु हो।

अष्ट्रेलियामा पिआर लिएर स्थायी बसोवास गर्ने उद्देश्यका साथ आएका आप्रवासी विद्यार्थीहरुले सही बिषयको छनोट गर्न जाने उनिहरुलाई पिआर पाउन केही हदसम्म सहज हुने गर्दछ। पिआर पाउनको लागि तपाईको पेशा,सबै योग्यता र कामको अनुभव उपयुक्त निकायद्वारा मूल्याङ्कन गरिन्छ जसले तपाई पिआरको लागि योग्य हुनुहुन्छ वा हुनुहुदैन भन्ने कुरा निर्धारण गर्दछ।

पिआरको लागि २०१९ मा अष्ट्रेलियन सरकारले निकालेको उपयुक्त पेशा सुची यस्तो छ :

१। कृषि र पोल्ट्री खेती(Agriculture and poultry farming)

फूल खेती (Flower grower)
उखु उत्पादक (Sugar cane grower)
कुखरा पालक किसान (Poultry farmer)
सुंगुर पालक किसान (Pig farmer)
पशु पालक किसान (Dairy Cattle Farmer)

२। हस्पिटालिटी (Hospitality)

कुक (Cook)
सेफ (chef)
वाइन उत्पादक (Winemaker)
आवास तथा आतिथ्य प्रबन्धकहरू (Accommodation and Hospitality Managers)

३। हेल्थकेयर (Healthcare)

आँखा बिशेषज्ञ (Optometrist)
बालरोग बिशेषज्ञ (Paediatrician)
आर्थोपेटिस्ट (Orthoptist)
व्यावसायिक चिकित्सक (Occupational therapist)
पोषणविद् (Dietitian)

४। शिक्षा (Education)

पूर्व-प्राथमिक शिक्षक (Early Childhood (Pre-primary School) teacher)
प्राथमिक शिक्षक (Primary teacher)
ट्युसन टिचर (Private tutor or teachers)
माध्यमिक शिक्षक (Middle school teacher)

५। भवन निर्माण (Building and construction)

निर्माण अनुमानक (Construction estimator)
निर्माण परियोजना प्रबन्धक (Construction project manager)
परियोजना निर्माणकर्ता (Project Builder)
वास्तुकला, भवन र सर्वेक्षण प्राविधिक प्राविधिक (Architectural, building and surveying technicians)

५। ईन्जिनियरिङ् (Engineering)

अेरोनौटिकल ईन्जिनियर (Aeronautical Engineer)
कृषि ईन्जिनियर (Agricultural Engineer)
बायोमेडिकल ईन्जिनियर (Biomedical Engineer)
भवन र ईन्जिनियरिङ् टेक्नीशियन (Building and Engineering Technician)
रासायनिक ईन्जिनियर (Chemical Engineer)
सिभिल इञ्जिनियर (Civil Engineer)

६। सूचना प्रबिधि (Information technology)

आईसीटी ग्राहक सहयोग अधिकारी (ICT Customer Support Officer)
आईसीटी सुरक्षा विशेषज्ञ (ICT Security Specialist)
सफ्टवेयर इन्जिनियर (Software Engineer)
सफ्टवेयर र एप्लिकेसन प्रोग्रामर (Software and applications programmers)
दूरसंचार नेटवर्क प्लानर (Telecommunications Network Planner)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.