बैंकको आम्दानीमा राष्ट्र बैंकले लगायो थप ४ अंकुस, बैंकर्स भन्छन्-‘अब नाफा घट्छ’

  २०७६ साउन ८ गते १९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीमा विभिन्न अंकुश लगाएको छ । मौद्रिक नीति २०७६/७७ मार्फत बैंकहरुको आयमा ४ ठाउँबाट नियन्त्रण गरिएको छ ।

कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशतमा झारिएको छ । एक वर्षअघिसम्म ५ प्रतिशत थियो । गत वर्ष ४.५ प्रतिशतमा झारिएको थियो । फेरी शुन्य दशमलव १ प्रतिशतमा झारिएको छ । २०७७ असार मसान्तसम्ममा बैंकहरुले व्याजदर अन्तर ४.४ प्रतिशतमा झारिसक्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले १५ लाख रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको सेवा शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । कृषि, उद्यम तथा व्यवसाय प्रवद्र्धन कर्जा प्रवाह गर्दा बैंक तथा वित्तीय संस्थाले यस्तो शुल्क लिनु नपाउने व्यवस्था गरिएको छ ।

‘कृषि मात्र भनेको भए त्यसको प्रभाव कम हुुन्थ्यो, उद्यम तथा व्यवसाय प्रवद्र्धन पनि भनिएकोले १५ लाख भन्दा कम रकमको धेरै कर्जामा बैंकहरुले सेवा शुल्क लिन नपाउने अवस्था आएकोले बैंकहरुको आम्दानीमा ठूलो असर पर्ने महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद लामछिानेले बताए ।

त्यस्तै, तोकिएको समय अगाबै कर्जा भुक्तानी गरेमा अग्रिम भुक्तानी शुल्क लिन नपाईने व्यवस्था गरिएको गभर्नर चिरञ्जीवि नेपालले बताएका छन् । त्यस्तै पीएसओ (पोइन्ट अफ सेल) मेसिनबाट कारोबार गर्दा अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको नाफा घट्ने नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘स्प्रेददर पनि घटाएको छ । १५ लाखसम्मको कर्जामा सेवा शुल्क पनि लिन पाइदैन भनेको छ’ ढुंगानाले भने–‘बैंकले दिने सेवाहरु क्रमशः नि:शुल्क बनाउँदै लैजाने राष्ट्र बैंकको नीतिले बैंकको नाफा बढाउन कठिन हुन्छ ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सामाजिक दायित्व बढाउँदै लगेको, सेवा शुल्क घटाउँदै लगेको र निःशुल्क दिनु पर्ने सेवाको सूचि पनि ठूलो बनाउँदै लगेकोले बैंकहरुको नाफामा नकारात्मक असर पर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

बैंकहरूले सबै सेवा सित्तैमा दिनुपर्छ भन्न थालेपछि बैंकहरूले नाफा कमाउन नसक्ने ज्याेति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनाेज ज्ञवालीले बताए । व्यवसाय वृद्धिसँग कुल नाफा बृद्धि हुने तर व्यवासाय र नाफाको अनुपात भने क्रमशः घट्दै जाने बैंकर्सहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.