ग्लोवल आइएमइ बैंकको नाफा २ अर्ब ८० करोड, अघिल्लाे वर्षकाे तुलनामा ३३ प्रतिशतले बढी

  २०७६ साउन ८ गते १४:०२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ३३ प्रतिशतले बढी हो ।

असार मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । त्यस्तै, कर्जा लगानी १ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ ।
बैंकको सेयर पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । रिर्जभसहित बैंकको कोर क्यापिटल पौने १६ अर्ब रुपैयाँ भएको छ ।

यस बैंकले ह्याथवे फाइनान्स एक्वाएर गर्दै छ भने जनता बैंक नेपाल पनि ग्लोबल आईएमई बैंकमा मर्ज हुँदैछ । त्यसपछि ग्लाेवल आइएमइ बैंक विभिन्न सूचकका आधारमा सबैभन्दा ठूलाे बैंक बन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.