कोरियाका उद्योगीलाई नेपालमा लगानी गर्न श्रममन्त्री विष्टको आग्रह

  २०७६ साउन ७ गते १७:४१     विकासन्युज

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा रोजगारीको सम्भावना रहेकोले नेपालमा लगानी गर्न दक्षिण कोरियाका निजी क्षेत्रलाई आग्रह गरेका छन् । विगत लामो समयदेखि कोरियामा काम गरेर नेपाल फर्किएका नेपालीले गरेको उक्त कार्यक्रममा बोल्दै लगानीका लागि आवश्यक वातावरण बनेकोतर्फ पनि दक्षिण कोरियाली निजी क्षेत्रको ध्यानकर्षण गराएका थिए ।

श्रममन्त्री विष्टले हाल सम्म २००७ साल पछि ६३ हजारभन्दा बढी नेपालीले गणतन्त्र कोरियामा काम गरिका छन् । जसले नेपाली युवालाई स सम्मानका साथ राम्रो काम प्रदान गरिको हुँदा नेपाली युवाहरुले नै धेरै काम नेपालमा गर्न सक्ने बताए । कोरियाबाट फर्किएका युवाले कसरी नेपालीमा आफुलाई उद्यमीको रुपमा स्थापित गर्ने देखि त्यहाँ सिकेका कुराहरुलाई त्यहाँको प्राविधिलाई नेपालमा कसरी व्यवस्था पनि गरि उत्पादन गर्ने भन्ने विषयमा ध्यान केन्द्रित गरि अगाडी बढ्नु पर्ने समय आएको मन्त्री विष्टको भनाई रहेको छ ।

दक्षिण कोरियाको निजी क्षेत्रसँग नेपालमा भईरहेका सम्भावनाहरुलाई माथि उकासेर अगाडी बढ्ने हो भने हाल देशले लगानीमा गर्न अवसर रहेको छ । एउटा पनि नेपाली काम सकेपछि कोरिया नबस्योस् आफ्नो आत्मसम्मानको लागि र नेपालको विकासलाई लम्काउन भएपनि नेपालमै फर्किएर व्यवसाय गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.