मुक्तिनाथका ग्राहकलाई ग्राण्डी इन्टरनेशनलमा विशेष छुट

  २०७६ साउन ६ गते १६:४०     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट वजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले ग्राण्डी अस्पताल, टोखामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.