हार्टअट्याक हुन लागेको कसरी थाहा पाउने ? एक्लै हुँदा बच्ने उपाय यस्तो छ

  २०७६ साउन ३ गते ११:०७     विकासन्युज

काठमाडौं । हार्टअट्याकका कारण धेरैले ज्यान गुमाई रहेका छन् । हार्टअट्याक जुनैपनि समयमा जहाँ पनि जसलाई पनि हुन सक्छ । त्यसैले यसबारेमा सबैले जान्न जरुरी छ। हार्टअट्याक हुनासाथ के गर्ने भन्ने उपायका बारेमा जानकारी भए अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था हुँदैन ।

डाक्टर नआउनजेल सम्म के गर्ने ?
यदि तपाईलाई आफ्नो मुटुको चालमा अचानक अनावश्यक परिवर्तन अर्थात गलत संकेत को अनुभव भयो र आफू फेन्ट हुन्छु जस्तो लाग्यो भने त्यस बखत तपाईसँग होश गुमाउनु पूर्व जम्मा दश सेकेन्ड समय रहन्छ ।

तर, धेरै मानिसहरुलाई आफैले आफ्नो उद्धार गर्न सकिन्छ भन्ने कुरा थाहा नहुन सक्छ । यसका लागि आफू हडबडाउनुु हुँदैन । साथै आफू बेहोश हुनबाट पनि जोगिनु पर्छ । त्यसका लागि सकेसम्म खोकिराख्नु पर्छ । खोक्नुभन्दा पहिले लामो श्वास लिनुहोस् र लामो समयसम्म खोक्नुहोस् । आफ्नो फोक्सोमा जमेको थुक, खकार बाहिर फाल्न लागे जसरी खोक्नुहोस् ।

प्रत्येक २ सेकेण्डमा नबिराई श्वास लिनुहोस् । यो प्रक्रिया डाक्टर नआएसम्म वा मुटुको धड्कन नर्मल नभएसम्म जारी राख्नुपर्छ । गहिरो श्वास लिंदा अक्सिजन फोक्सो भित्र प्रबेश गर्छ र खोक्ने कार्यले एक प्रकारको दबाब पैदा गर्छ । यसले तपाईँको मुटु र रक्त सञ्चारको गतिमा नियमितता ल्याउन मद्दत पुर्याउँछ ।

डाक्टर नआउञ्जेल सम्मका लागि यो एकदमै भरपर्दो उपाय हो, जसले थप नोक्सानी हुन दिंदैन । तसर्थ, संभव भएसम्म यो उपाय धेरै भन्दा धेरै मानिसहरुसम्म पुर्याउदा धेरैको ज्यान जोगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.