यूनाईटेड फाइनान्सको नाफा ७० प्रतिशतले वृद्धि, सेयरधनीलाई ८ प्रतिशत बोनसको सम्भावना

  २०७६ साउन २ गते १०:१०     विकासन्युज

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा १० करोड ९४ लाख रुपैयाँ नाफा गरेको छ । आर्थिक वर्ष २०७४/९५ मा यस फाइनान्सले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो ।

असार मसान्तको प्रारम्भिक रिपोर्ट अनुसार फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करिब ८ प्रतिशत लाभांश दिनसक्छ । फाइनान्सको चुक्ता पुँजी १ अर्ब १ करोड रुपैयाँ छ । फाइनान्सको पुँजीकोष अनुपात करिव २२ प्रतिशत भएकोले सेयरधनीले नगद लाभांश पाउने सम्भावना छ ।

सम्भावित लाभांश दर कम देखिए पनि फाइनान्सको वित्तीय अवस्था राम्रो छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७०.६६ प्रतिशतले बढेको छ । फाइनान्सले असार मसान्तसम्ममा निक्षेप ६ अर्ब ५५ करोड, कर्जा सापटी ६ अर्ब ८ करोड र लगानी ४७ करोड रुपैयाँ छ । खराव कर्जा अनुपात शुन्य दशमलव ६५ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । स्प्रेडदर ४.५९ प्रतिशत रहेको छ । बेसरेट १२.६९ भएकोले यस फाइनान्सबाट कर्जा लिन अझै महँगो पर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.