सांग्रिला डेभलपमेन्ट बैंकबाट महालक्ष्मीको बीमा सेवा पाइने

  २०७६ असार २९ गते १७:२६     विकासन्युज

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडका तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले ८६ वटै शाखा कार्यालयहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.