निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने, अर्थ मन्त्रालयले र राष्ट्रले पुँजी थपिदिने

  २०७६ असार २६ गते १९:४४     विकासन्युज

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको चुक्ता पुँजी १० अर्ब पुग्ने भएको छ । विश्व बैंकले कोष जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले चुक्ता पुँजी १० अर्ब पुर्याउन प्रतिवद्ध गराएको थियो । सोही प्रतिवद्धता पुरा गर्न सरकारले कोषको चुक्ता पुँजी १० अर्ब पुर्याउने निर्णय गरेको हो । यहि जुलाई ११ गतेसम्म नेपालले कोषको चुक्ता पुँजी बढाएर १० अर्ब पुर्याउने प्रतिवद्धता विश्व बैंक समक्ष गरेको थियो । हाल कोषको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ रहेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालले विश्व बैंकसँग चुक्ता पुर्याउन गरेको प्रतिवद्धता जनाएको मितिको ठिक चार दिन अघि मन्त्रीपरिषदको निर्णय सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पुरा गर्न अर्थ मन्त्रालयले एक अर्ब ८० करोड रूपैयाँ र नेपाल राष्ट्र बंैकबाट २० करोड प्रदान गर्ने भएका छन् ।

कोष निक्षेप तथा कर्जा सुरक्षण गर्ने जोखिमपूर्ण व्यवसाय गर्ने संस्था भएकोले विश्व बैंकले कोषको पुँजी बढाउन सुझाएको थियो,’ कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले भने ‘साधारणतया निक्षेप सुरक्षणको ५ प्रतिशत कोषको चुक्ता पुँजी हुुनुपर्ने भन्ने व्यवस्था छ । हाल कोषमा ६ खर्बभन्दा बढी निक्षेप र २५ अर्ब कर्जा सुरक्षण भएको मिश्रले बताए । कोषले चालु आवमा आफ्नो नाफा बढाएर करिब दुई अर्ब पुर्याउने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.