एनआईसी एशियाका ग्राहकलाई विराटनगर अस्पतालमा विशेष छुट

  २०७६ असार २६ गते १८:४६     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल प्रालि मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ ।

बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्णलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा. सुशील परियारले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.