गभर्नरले तोकेको मितिमा मौद्रिक नीति नआउने, यी हुन राष्ट्र बैंक भित्रका चार समस्या

  २०७६ असार २४ गते १६:०८     विकासन्युज

काठमाडौं । गभर्नर डा. चिरञ्जीवि नेपालले तोकेको मितिमा मौद्रिक नीति नआउने भएको छ । गभर्नर नेपालले असार २७ गते मौद्रिक नीति जारी गर्ने बताएका थिए । बैंक तथा वित्तीय संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई भेला गराएर उनले मौद्रिक नीति सार्वजनिक गर्ने मितिको जानकारी गराएर त्यसअघि मर्जरको पार्टनर खेज्ने निर्देशन दिएका थिए ।

नेपाल राष्ट्र बैंक यतिबेला आगामी आर्थिक वर्ष २०७६/७७ को लागि मौद्रिक नीतिको तयारीमा रहेको छ । तयारी पुरा नभएकोले २७ गते मौद्रिक नीति सार्वजनिक हुन नसक्ने परिस्थिति आएको राष्ट्र बैंकमा उच्च अधिकारीले बताए ।

११ महिनाको तथ्याङ्क संकलन हुन नसकेको, मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई के कस्तो सुविधा दिने र त्यसको प्रभाव कस्तो पर्छ भन्नेमा यकिन गर्न राष्ट्र बैंकले थप अध्ययन गर्नु पर्ने भएको, व्यक्तिगत काम विशेषले डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी विदामा बसेको लगायतका समस्याले मौद्रिक नीति गभर्नरले तोकेको मितिमा आउने सम्भावना टरेको स्रोतले बतायो ।

राष्ट्र बैंकभित्रको आन्तरिक समन्वयको कमी र बढ्दो असन्तुष्टिले पनि समस्या आएको बताईएको छ । सरकारले वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्न थालेपछि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति असारको अन्तिम साता सार्वजनिक गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.