श्री सम्पन्न बहुउद्देश्यीय सहकारीको सेवा केन्द्र माछापोखरीमा

  २०७६ असार २३ गते १३:५७     विकासन्युज


काठमाडौं । श्री सम्पन्न बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौंको माछापोखरीमा सेवा केन्द्र संचालनमा ल्याएको छ । २०६४ साल फागुनमा स्थापना भएको सो सहकारीले आफ्ना सदस्यहरुको सेवालाई मध्यनजर गर्दै सेवा केन्द्र खोलेको हो ।

सेवा केन्द्रको सोही काठमाण्डौं क्षेत्र नं. ७ का सांसद रामवीर मानन्धरले एक समारोहबीच उद्घाटन गरे । उनले सहकारी संस्थाहरु नाफामुलक भन्दा पनि सहकारीको मर्म अनुसार चल्न आग्रह गरे ।

सहकारीका अध्यक्ष बलराम खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजालले स्थानीय तहमा रहेको पुँजीलाई उत्पादनसँग जोड्न आग्रह गरे । समारोहमा सहकारीका सचिव तथा प्रवन्धक निर्माल गुरुवाचार्यले सहकारीको वित्तिय विवरणबारे प्रकाश पारेका थिए ।

जेठ मसान्तसम्म सहकारीको १ करोड २५ लाख सेयर पुँजी तथा निक्षेप १६ करोड ९ लाख रहेको छ । कर्जा लगानी १२ करोड ९८ लाख तरलता २ करोड २५ लाख रहेको र कुल वासलात २० करोड २१ लख रहेको बताइयो ।

राजधानीको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको श्री सम्पन्न सहकारीको नुवाकोटको बट्टार र ढिकुरेमा पनि शाखा संचालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.