वोमी लघुवित्तको हकप्रद साउन ९ गतेदेखि खुल्ने, १ सेयर बराबर नयाँ १ सेयर पाइने

  २०७६ असार २२ गते ८:३६     विकासन्युज

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार साउन ९ गते उक्त हकप्रद सेयर निष्काशन हुने र भदौ ११ गतेसम्म भर्न सकिने छ ।

उक्त कम्पनीको विद्यमान रु १० करोड १० लाख ८८ हजार चुक्ता पूँजीमा १ सेयर बराबर नयाँ एक (१ः१) सेयरको अनुपातमा १० लाख १० हजार ८ सय ७० कित्ता सेयर असार २७ गतेभन्दा अघिसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक सेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.