दौबहालमा वांगमय शताब्दी पुरुष जोशीद्वारा सिभिल बैंकको शाखा उद्घाटन

  २०७६ असार १९ गते १८:००     विकासन्युज

काठमाडौं । वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीद्वारा सिभिल बैंकको रन्जना लिपि सहितको परिचय पाटी राखिएको दौबहाल शाखाको उद्घाटन भएको छ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढीरहेको सिभिल बैंकले पहिलो पटक रन्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग सिभिल बैंकको दौबहाल शाखाबाट शुरुवात गरेको हो ।

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङ्गले गरेका थिए भने प्रमुख अतिथि वांगमय शताब्दी पुरुष सत्य मोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे र रन्जना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताए । त्यसैगरी प्रमुख अतिथि तथा वांगमय शताब्दी पुरुष सत्य मोहन जोशीले नेपालको बैंकिंग इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने बताए ।

सिभिल बैंकका अध्यक्ष ई इच्छाराज तामाङ्गले बैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा यंहाको मौलिक नेवारी संस्कृतिलाई अंगाल्दै रन्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा जानकारी दिए । दौबहाल शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८९ पुगेकोे पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.