दिपक मनाङगे भित्र्याउँदा योगेश भट्टराई असन्तुष्ठ

  २०७६ असार १९ गते ८:४२     विकासन्युज

काठमाडौं । दिपक मनाङगे उर्फ राजिव गुरुङलाई नेकपा प्रवेश गराउने तयारी भैरहँदा स्थायी कमिटी सदस्य तथा युवा नेता योगेश भट्टराईले असन्तुष्ठि पोेखेका छन् । उनले समाजिक सञ्जाल ट्विटर मार्फत आफ्नो असन्तुष्ठि जाहेर गराएका छन् ।

नेता भट्टराईले पार्टीलाई मान्छ चाहिन्छ, तर कस्ता मान्छे ? कस्तालाई ल्यायौं र परिणाम के भैरहेको छ ? अब कस्ता मान्छे ल्याउँदैछौं ? भनेर प्रश्न गरेका हुन् । दिपक मनाङगेलाई बिहिबार नेकपा भित्र्याउने तयारी भैरहेको छ । मनाङगेले मनाङबाट नेकपाको समर्थनमा प्रदेश सभा निर्वाचन जितेका थिए ।

ठमेल पर्यटन विकास परिषदको निर्वाचनमा योगेश भट्टराईले समर्थन गरेका नेकपा निकट व्यवसायी अर्जुनलाल प्रधानका विरुद्ध मनाङगेले प्रकाशनरिसिंह राणालाई उम्मेदवार बनाएर जिताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.