बीमा समितिका कर्मचारी नै बीमाको पहुँच बाहिर

  २०७६ असार १६ गते १३:४९     नबिन पोखरेल


काठमाडौ । ‘बीमा समितिमा रहेका कर्मचारीले नै बीमा गर्दैनन्, हामीले बीमा चेतनाको कुरा गरेर मात्र बीमा बजार बिस्तार हुँदैन’–यो भनाई हाल बीमा समितिमा एक जिम्मेवार अधिकारीको हो । उनले बीमाको आफ्नै महत्व भएपनि जानकारहरुले नै उक्त विषयलाई हेलचेक्राई गर्दै आएका बताए ।

बीमा समितिका ती कर्मचारीका अनुसार कर्मचारीहरु पढे लेखेका छन्, उनीहरुसँग बीमा गर्नु पर्छ भन्ने ज्ञान छ, बीमा गर्न लाग्ने खर्चपनि छ, तैपनि उनीहरुले नै बीमा गर्दैनन् । यस्तै, राष्ट्रिय बीमा संस्थानमा भेटएका अभिकर्ता गोपाल उपाध्यायले भने– अहिलेसम्म नेपालमा बीमा किन्ने भन्दा बीमा बेच्ने कार्य भईरहेको बताए । उनले बीमा बेच्ने भन्दा भिडाउने नै काम हो भन्ने जानकारी दिए ।

सोही क्रममा विदेशी राष्ट्रहरुमा बीमा सेवा बेचिने गरेको पाईयो । बीमा बेचिनुको कारण भनेको बिमितमा भएको बीमा चेतना नै प्रमुख हो भन्ने अभिकर्ता उपाध्यायको तर्क छ ।

बीमा गराउने कम्पनी संख्या ४०
अहिले नेपालमा बीमा क्षेत्रमा संलग्न ४० कम्पनीहरु रहेका छन् । हाल नेपालमा जीवन बीमा गराउने १९ वटा कम्पनीहरु छन् । यस्तै, निर्जीवन बीमा गराउने कम्पनी २० वटा छन् । यस्तै, पूनर्बीमा गराउने एक मात्र कम्पनी नेपाल पूनर्बीमा कम्पनी (नेपाल रि) छ ।

नेपालमा रहेका ४० वटै बीमा व्यवसाय गर्ने कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति हो । बीमा समितिले सो कम्पनीहरुमा सुपरीवेक्षण, निरीक्षणको काम गर्दै आएको छ । तर, केही दिनअघि मात्रै बीमा समितिमा कार्यरत एक कर्मचारीले बीमामा त्यति धेरै संलग्नता नभएको बताए । उनले आफ्नो मात्र संलग्नता नभएकोमा अचम्म नमान्न भन्दै बीमा समितिमा काम गर्ने अधिकांश कर्मचारीहरु बीमाको पहुँचबाट बाहिर रहेको जानकारी दिए ।

बीमा समिति भन्छ–बीमाको पहुँच बढ्दैछ
बीमा समितिले बीमाको पहुँच वृद्धीको क्रममा रहेको दाबी गर्दै आएको छ । बीमाको पहँुच हालसम्म १८ प्रतिशतमा पुगेको र चालु आर्थिक बर्षको अन्त्यसम्ममा पहुँच २० प्रतिशत पुग्ने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.