ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता

  २०७६ असार १२ गते १८:३७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।
सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.