पाँच जना भारतीयको नेपाली नागरिकता खोस्ने सरकारको निर्णय

  २०७६ असार १२ गते १८:१४     विकासन्युज

काठमाडौं । सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता खोस्ने निर्णय गरेको छ । असार ५ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका पाँच जना भारतीयको नागरिकता खोस्ने निर्णय गरेको हो ।

सप्तरी, धनुषा र रौतहट जिल्लाबाट नक्कली प्रमाणपत्र पेश गरि ३ जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमणित भएपछि सरकारले त्यस्तो निर्णय गरेको हो ।
यी हुन नेपाली नागरिकता लिने भारतीय नागरिक
-सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह ।
-धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर ।
– रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.