देवः विकास बैंकले ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने

  २०७६ असार १२ गते १७:४४     विकासन्युज

काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले प्रस्ताव पारित भएको हो ।

सो सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो । साथै, आर्थिक वर्ष २०७५/७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिसचन्द्र लाल तथा सि.ए. गोपालकुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो ।

यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत (रु. १३,९३,५२,४१९.१४) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरियो ।
बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.