एसईई २०७५ सालको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

  २०७६ असार १२ गते १६:२५     विकासन्युज

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले एसईई २०७५ सालको नतिजा सार्वनजिक गरेको छ।

चैत १० गतेदेखी संन्चालित परिक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार विद्यार्थीको सहभागीता रहेको थियो। यस्तै एक्जामटेड तर्फ १५ हजार विद्यार्थी सहभागी थिए।

सी, डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी वा सो भन्दा त्ल्लो ग्रेड प्राप्त गरेको छ त्यस्ता विषय मध्ये विद्यार्थीले चाहेका दुई विषय सम्ममा ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था रहेको छ।

एसएलसीको ८२ बर्षको लामो ईतिहास पछि २०७३ साल पछि कक्षा १० सम्मलाई सेकेन्डरी एजुकेशन इक्जामिनेशनमा रुपानतरण गरी एसईई बनाईएको हो।

कसरी हेर्ने नतिजा

नेपाल टेलिकम र एनसेल प्रयोगकर्ताले एसईई नतिजा हेर्नको लागि SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर १६०० मा SMS पठाएर नतिजा हेर्न सक्छन्।

यसका साथै परिक्षार्थिले  www.seemerostudy.com मा नतिजा हेर्न सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.