काठमाडौँ-निजगढ फास्ट ट्रयाकको लागत १ खर्ब ७५ करोड, लम्बाई ७२.५ किलोमिटर

  २०७६ असार ९ गते ९:४१     विकासन्युज


काठमाठौँ । काठमाडौँ-निजगढ फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ । भ्याट सहित यो रकम निर्धारण गरिएको हो ।

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा काठमाडौँ–तराई/मधेश दु्रतमार्गको हालसम्मको प्रगति र डीपीआर सम्बन्धी छलफल कार्यक्रममा सो मार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले यो जानकारी दिएका हुन् ।

सो मार्गको लम्बाई ७२.५ किलोमिटर निर्धारण गरिएको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । द्रुतमार्गको बुदुनेमा इन्टर सेक्सन निर्माण गरिने र ६.४ किलोमिटर लामो सुरुङ बन्ने उनले जानकारी दिए । फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्लाको निजगढ पुगिन्छ ।

आयोजना प्रमुख श्रेष्ठले सो मार्गको हालसम्मको प्रगतिबारे जानकारी दिएपछि समितिका सदस्य सांसद गणेश पहाडीले ११२ अर्बको फास्ट ट्रयाकको लागत कसरी १७५ अर्ब पुग्यो भनी प्रश्न गरे । ४ वर्षमा बन्ने भनिएको फास्ट ट्रयाक निर्माणको २ वर्ष बितिसक्यो, अब २ वर्षमा बन्ने आधार के छ ? पहाडीको प्रश्न थियो ।

यी समाचारपनि पढ्नु होस्

फास्ट ट्रयाकलाई १५ अर्ब, हुलाकीलाई १३ अर्ब ६३ करोड, पुष्पलाललाई १२ अर्ब

फास्ट ट्रयाकको डीपीआरमा सेनाले पठायो सुझाव, बुदुनेमा ‘इन्टर सेक्सन’, खोकनामा ‘जिरो किलो’

पहाड फोडेर काठमाडौं र तराई/मधेश जोड्दै फास्ट ट्रयाक, युद्धस्तरमा काम गर्दै नेपाली सेना

यस्तो बन्दैछ काठमाडौं-निजगढ फास्ट ट्रयाक (भिडियोसहित)

चार बर्षपछि काठमाडौं-निजगढ यात्रा ३८ मिनेटमै, कति भयो फास्ट ट्रयाकको काम ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.