फास्ट ट्रयाकको डीपीआरमा सेनाले पठायो सुझाव, बुदुनेमा ‘इन्टर सेक्सन’, खोकनामा ‘जिरो किलो’

  २०७५ फागुन ८ गते १०:४०     विकासन्युज

काठमाडौं । काठमाडौं निजगढ फास्ट ट्रयाकको डीपीआर माथी नेपाली सेनाले सुझाव दिएको छ ।

कोरियाली कम्पनी सुसुङले तयार पारेको डीपीआरको प्रारम्भिक रिपोर्टमा नेपाली सेनाले आवश्यक सुझाव दिएको हो । सुसुङले तयार पारेको डीपीआर रिपोर्टमा मकवानपुरको बुदुनेमा इन्टर सेक्सन राख्न प्रस्ताव गरिएको छ । यस अघि मकवानपुरकै राजदमार र ललितपुरको महादेवटारमा समेत इन्टर सेक्सन राख्न स्थानीयले माग गरेका थिए ।

सुसुङले बुदुनेमै इन्टर सेक्सन राख्नुपर्ने प्रतिवेदन तयार पारेको हो । धरान चतरा हेटौँडा सडक र फास्ट ट्रयाकको मिलन बिन्दुका रुपमा रहेको बुदुनेमै इन्टर सेक्सन पक्का भएको हो । धरान र हेटौँडाबाट आएका सवारी साधनहरु बुदुनेबाटै फास्ट ट्रयाकमा प्रवेश गरेर काठमाडौं आउनेछन् ।

त्यस्तै, अब फास्ट ट्रयाकको काठमाडौं तर्फको प्रस्थान विन्दु पनि खोकना नै हुने भएको छ । भौतिक मन्त्रालयले खोकनालाई नै काठमाडौं तर्फको फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकना नै बनाउने निर्णय गरेको हो ।
त्यस्तै, अब सुरुङको संख्या पनि थपिने भएको छ ।

एडीबीले प्रस्ताव गरेको महादेव डाँडाँ धेद्रेको १.३७ किलोमिटरको साटो ३.३ किलोमिटरको सुरुङ निर्माण हुनेछ । त्यस्तै, धेद्रे खोला देखि जितपुर खोलामा अर्काे १.३७ किलोमिटरको सुरुङ निर्माण हुनेछ । तेश्रो सुरुङ भने जितपुर खोला देखि बाँदरे खोलासम्म १.४ किलोमिटरको निर्माण हुनेछ ।

३ वटा सुरुङहरुको कुल लम्बाई ६.०७ किलोमिटर हुनेछ । सुरुङहरु ११ मिटर चौँडाई र ५.५ मिटर उचाईको हुनेछन् ।आगामी एक साता भित्र डीपीआर तयार हुने सेनाको ड्रईङ एण्ड डिजाइन विभाग प्रमुख सरदलाल श्रेष्ठले जानकारी दिए ।

भिडियाे

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.