कुमारी जब र क्याम्पियन कलेजबीच सहकार्य

  २०७६ असार ८ गते ११:२१     विकासन्युज

काठमाडौं । कुमारी जब र क्याम्पियन कलेजबीच सहकार्य भएको छ । विद्यार्थीको क्षमता बढाउने उद्देश्यले करियर वर्कशप र प्लेसमेण्ड डे सेसन्बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारी र क्याम्पियन कलेजकी प्रमुख मनीता ओलीले आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका हुन् । असार ११ गते सुरु हुने करियर वर्कशप ५ दिनसम्म चल्नेछ ।

आधुनिक हिसावले कोर्स डिजाइन पारिएकाले उक्त कार्यशालामार्फत थुप्रै विद्यार्थीले फाइदा उठाउनेमा आफु ढुक्क रहेको प्रबन्ध निर्देशक सन्देश भण्डारीले बताए । प्लेसमेण्ड डे सेसन् अन्र्तगत कार्यशाला सहभागी भएका विद्यार्थीहरुले रोजगारको समेत मौका पाउन सक्नेछन् । प्रतिष्ठित १० कम्पनीको प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थिती रहनेछ ।
कार्यशाला सकिए लगत्तै प्लेसमेण्ड डे अन्र्तगत उपस्थिती जनाउने सो कम्पनीहरुमा वित्तिय संघसंस्था, गैरसरकारी संस्था लगायत रहेका छन् । सो कार्यशालामा क्याम्पियन कलेजमा बिबिए तथा बिबिएस्मा अध्ययनर्त सयौं विद्यार्थी सहभागी हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.