सुनसरीमा वाइवाइले थप्यो १ अर्बको प्लान्ट, ५ सयलाई रोजगारी

  २०७६ असार ३ गते १९:०४     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपले प्रदेश १ को सुनसरीमा १ अर्ब रुपैयाँको लागतमा वाइवाइ चाउचाउ उत्पादन प्लान्ट जडान गरेको छ । मंगलबारदेखि संचालनमा आएको उक्त प्लान्टबाट दैनिक साढे ५ लाख प्याकेट चाउचाउ उत्पादन हुने ग्रुपका जनरल म्यानेजर मधुसुदन पौडलले बताए । उद्योगमा ५ सय जनाले रोजगारी पाउने छन् ।

सुनसरीमा नवनिर्मित प्लान्टबाट वाइवाइको व्यावसायिक उत्पादन आजबाट शुरु भएको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने-‘वाइवाइले दशकौंदेखि तपाईंहरूको माया र साथ पाएको छ,’ उनले भने ‘नयाँ स्थानबाट उत्पादन शुरु गर्न पाउँदा हर्षित छु । वाइवाइको यो प्लान्ट सहित अन्य उत्पादन पनि सातै प्रदेशमा विस्तार गर्ने ग्रुपको योजना रहेको छ । देश संघीय संरचना गइसकेपछि ग्रुपले सातै प्रदेशमा इन्भेष्टपार्क बनाउने योजना बनाएको छ ।

हालसम्म वाइवाइको नेपालमा आठ वटा र विदेशमा १२ वटा गरी २० वटा प्लान्ट संचालनमा रहेका छन् । ‘वाइवाइ युरोपमा समेत उत्पादन भएर सातै महादेशमा विक्रि वितरण भइरहेको छ,’ जनरल म्यानेजर पौडलले थपे । विश्व नुडल्स बजारमा वाइवाइले ३ प्रतिशत हिस्सा ओगटेको छ भने भारतीय बजारमा दोस्रो स्थान वाइवाइको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.