शेयर बजारमा एभरेष्ट र स्ट्यान्डर्ड चार्टर्डको ‘लुकामारी’, ७ हप्तापछि फेरि अघि बढ्यो एभरेष्ट

  २०७६ जेठ ३२ गते १९:१७     विकासन्युज

काठमाडौं । बजार पुँजीकरणमा को अघि र को पछि भन्ने सन्दर्भमा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच लामो प्रतिस्पर्धा छ । चौथो र पाँचौं स्थानमा को रहने भन्ने सम्बन्धमा यी बैंकहरुको प्रतिस्पर्धा लामो समयदेखि चलेको हो ।

सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी बजार पुँजीकरण भएको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लामो समयदेखि आफ्नो विरासत कायम गर्दै आएको छ । १ खर्ब ५ अर्ब बजार पुँजीकरण रहेको टेलिकमले दोस्रो स्थानमा रहेको नबिल बैंकसँग ३० अर्ब भन्दा बढीको फरक कायम गर्दै आफ्नो विरासत कायम राखेको छ । नबिलको हालको बजार पुँजीकरण ७४.४६ अर्ब छ ।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजीकरण ६६.५७ अर्ब रहँदा रहँदा दोस्रो स्थानमा रहेको नबिललाई तत्काल जित्नसक्ने अवस्था देखिँदैन सोभन्दा १० अर्ब भन्दा बढी पुँजीकरण अन्तर रहेकोले यो बैंकलाई पनि अहिलै कसैले उछिन्ने सम्भावना पनि छैन ।

तर चौथो र पाँचौं नम्बरमा रहेका एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक भने एक आपसमा निरन्तर प्रतिस्पर्धामा छन् । यी दुई कम्पनीको प्रतिस्पर्धामा कहिलेकाँही नेपाल लाईफ इन्स्योरेन्स पनि बीचमा आउने गरेको छ ।

विगत ७ हप्तादेखि निरन्तर रुपमा माथि रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई एभरेष्टले बजार पुँजीकरणमा फेरि उछिनेको छ । नेपाल स्टक एक्सचेञ्जको शुक्रबारसम्मको तथ्याङ्क अनुसार एभरेष्टको ५३ अर्ब २१ करोड रुपैंया बजार पुँजीकरण हुँदा स्ट्यान्र्डर्डको ५२ अर्ब ६९ करोडमा सीमित भएपछि यो अवस्था देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.