आनको २९ औं वार्षिकोत्सव मनाइयो, २२ जनाले गरे रक्तदान

  २०७६ जेठ ३१ गते ९:५०     विकासन्युज


काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए ।

यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए ।

आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.