सिटी एक्सप्रेसको झण्डा सगरमाथाको चुचुरोमा, आरोही लामा सम्मानित

  २०७६ जेठ २७ गते १५:४८     विकासन्युज


काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरसंग आबद्ध लोप्सङ्ग रेमिटान्सका संस्थापक, हटिया–३, संखुवासभा निवासी २६ बर्षीय जेनजेन लामाले जेठ ३ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सिटी एक्सप्रेसको लोगो अंकित झण्डा सगरमाथाको चुचुरोमा फहराई विश्व सामु चिनाएका छन् ।

सिटी एक्सप्रेसको मुख्य कार्यालयमा एक समारोहबीच सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्धक निर्देशक चन्द्र टण्डनले सगरमाथा आरोही जेनजेन लामालाई सम्मान÷बधाई सहित शुभकामना दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.