नेपाल आईडलका विजेता रवी र प्रतिस्पर्धी अस्मिताको ‘हामी किसानी’ गीत सार्वजनिक

  २०७६ जेठ २७ गते १४:४६     विकासन्युज

काठमाडौं । गीतकार गोकर्ण रुपाखेती शर्माको ‘हामी किसानी’ युटुव मार्फत सार्वजनिक गरिएको छ । रुपाखेती शर्माले आफ्नै गोकर्ण प्रोडक्सन युटुव च्यानल मार्फत उक्त गीतको भिडियो शुक्रबार सार्वजनिक गरेका छन् ।

नेपाल आईडलका विजेता रवी ओड र प्रतिस्पर्धी अस्मिता अधिकारीको स्वरमा रहेको गीतमा लेखु सहयात्रीको संगीत रहेको छ ।

काठमाडौको धर्मस्थलीका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा छायांकन तथा सम्पादन राजन खरेलको रहेको छ भने माधव राज खरेलको निर्देशन रहेको छ ।

भिडियोमा गोकर्ण रुपाखेती शर्मा, दिपक सुवेदी, राजन थापा लगायतका कलाकारहरु देख्न सकिन्छ । उक्त गीतमा गीतकार रुपाखेती शर्माले गाँउ छोडेर विदेशीने युवाहरुलाई स्वदेशमै परिश्रम गर्न र कृषि, पशुपालन लगायतका व्यवसायलाई प्रवर्दन गर्न प्रोत्साहित गरेका छन् ।
पछिल्लो समय सम्पुर्ण नेपाली युवाहरु गाँउ छोडेर खाडी मुलुकमा पसिना बगाउने गर्दछन् तर आफ्नै जमिन गाँउमा बाझो हुदै गएको छ । गाँउ घरमा बृद्धबृद्धा तथा बालबालिका मात्रै रहेको यथार्थलाई प्रस्तुत गरेका गीतकारले भने ।

भिडियो हेर्न क्लिक गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.