असार १ बाट बिहान ८ देखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी काठमाडौँ उपत्यका प्रवेश गर्न नपाउने

  २०७६ जेठ १९ गते २०:०६     विकासन्युज

काठमाडौँ । असार १ गतेदेखि काठमाडौं उपत्यकामा दिउँसोको समयमा कुनैपनि मालबाहक सवारी चलाउन नपाइने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिङरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाइने भएको निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए ।

काठमाडौंको सवारी चाप, दुर्घटना लगायत विषयलाई ध्यानमा राखेर मालबाहक सवारी चलाउन रोक लगाउने निर्णय भएको हो हो–महानिर्देशक दाहालले भने । दाहालका अनुसार यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू हुने छैन । साथै अत्यावश्यक सेवामा प्रयोग भएका मालबाहक सवारीलाई भने यो नियम लागु हुने छैन ।

दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारी बाहेका अन्य सबै मालबाहक सवारीलाई विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म तोकिएका स्थान बाहेक चलाउन रोक लगाइएको छ–विभागले निकालेको सूचनामा उल्लेख छ ।

काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ । त्यसैगरी चक्रपथ बाहिरको चाबहिल–जोरपाटी सडक, गोपीकृष्ण–कपन सडक, नारायणगोपाल चोक–बुढानीलकण्ठ सडक, बालाजु बाइपास–गोलढुंगा सडक, बगडोल–नख्खु सडक, सातदोबाटो–हरिसिद्धी सडक, ग्वार्को–चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी चलाउन नपाइने जनाइएको छ । हाल काठमाडौंको रिङरोड भित्र ठूला मालबाहक सवारीलाई मात्र प्रवेश रोक लगाईदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.