एकदिनमै १५०० ले बढ्यो सुनको मूल्य

  २०७६ जेठ १७ गते २१:५५     विकासन्युज

काठमाडौं । शुक्रबार घरेलु बजारमा प्रतितोला सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले बढेको छ । बिहीबार ५९ हजार सात सयका कारोबार भएको प्रतितोला सुन शुक्रबार बढेर ६० हजार सात सय रुपैयाँ पुगेको हो ।

सरकारले आर्थिक विधेयक-२०७६ मार्फत भन्सार मूल्य बढाएको, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाका कारण त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा अमेरिकी करेन्सीको दर बढेर एक सय १२ रुपैयाँ पुगेको छ । यसले पनि सुनको मूल्य बढाउन सघाएको उनले बताए ।

‘साथै आगामी जुन १० देखि मेक्सिकोबाट अमेरिका आयात हुने सामानमा थप पाँच प्रतिशत भन्सार महसुल बढ्ने निर्णय भएको छ । यसको असर अन्तर्राष्ट्रिय बजारमा देखिन थालेको छ,’ उनले भने ‘५९ हजारको हाराहारीमा रहेको प्रतितोला सुनको मूल्य अब ६१ हजारमा जाने सम्भावना बढेको छ ।’

सरकारले ल्याएको नयाँ व्यवस्थाअनुसार प्रतितोला सुनमा नौ सय ६२ रुपैयाँले भन्सार महसुल बढाएर पाँच हजार आठ सय ३२ रुपैयाँ पुर्याएको छ । यस अघि प्रतितोला सुनमा चार हजार नौ सय भन्सार महसुल लाग्दै आएको थियो ।
‘प्रतिदश १० ग्राम सुनमा आठ सय रुपैयाँले भन्सार महसुल बढेको छ,’ उनले भने ‘हामीले १० ग्राम सुनमा एक हजार रुपैयाँ बढाउन र नेपालबाट भारतमा अवैधानिक तवरबाट जाने सुनको ब्यालमार्केट रोक्न भन्सार महसुल बढाउन सुझाव दिएको थियौ । ’

विदेशबाट नेपाल फर्कदा विना महसुल ५० ग्राम सुन ल्याउन पाउने व्यवस्था छ भने त्यसपछिको ५० ग्राम ६ हजार दुई सय भन्सार महसुल तिर्नुपर्छ । अझ बढी सुन ल्याएमा अर्थात त्यसपछि ५० ग्राम सात हजार दुई सय भन्सार महसुल तिर्नु पर्ने नयाँ व्यवस्था सरकारले गरेको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुनको मूल्य १४ डलर डलरले बढेर शुक्रबार एक हजार दुई सय ९२ डलरमा कारोबार भएको छ । यो मूल्य बढेर एक हजार तीन सयसम्म पुग्ने अनुमान पूर्व अध्यक्ष शाक्यले बताए ।

नेपालमा वार्षिक साढे सात सय किलो सुन खपत हुने गरेको छ । २०५५ सालमा एक हजार पाँच सय किलो सुन खपत हुने गरेमा सरकारले नियन्त्रकारी नीति लिएपछि वार्षिक कारोबार ६ सय किलोसम्म झरेको शाक्यले बताए । हाल दैनिक नेपाली बजारमा ३० देखि ३५ किलो सुन खपत हुने गरेको छ ।

संसारका चर्चित सुन बजारमध्ये चीन र भारतमा सबैभन्दा बढी सुन खपत हुने गरेको छ । भारतमा वार्षिक १२ सय टन सुनको कारोबार हुन्छ । वैधानिक च्यानलमा चार सय भित्र्याउने व्यवस्था सरकारले मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.