ज्योति लाइफका ग्राहकलाई लुम्बिनी हस्पिटलमा विशेष छुट

  २०७६ जेठ १३ गते १४:१३     विकासन्युज


काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र बुटवल स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.