३१ वर्षदेखि कागजमै सीमित १० हजार ८ सय मेगावाटको कर्णाली-चिसापानी आयोजना

  २०७६ जेठ १० गते ८:४१     विकासन्युज

काठमाडौं । १० हजार ८ सय मेगावाटको कर्णाली–चिसापानी बहुउद्देश्यीय आयोजना ३ दशकदेखि कागजमै सीमित छ । सोही आयोजना बनाउन भनेर सरकारले २ सय ५० युवालाई छात्रवृत्तिमा अध्ययन गर्न भारत पठाएको थियो । तर, ती युवा इन्जिनियर र प्राविधिक बनेर फर्किएर अन्य निकायमा जागिर खाएर अवकाश पाइसके । आयोजनाको काम भने हालसम्म पनि सुरु नै हुन सकेको छैन ।

३१ वर्षअघि सन् १९८८ मा क्यानेडियन कम्पनी हिमालयन पावर कन्सल्ट्यान्सीले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कर्णाली–चिसापानीबाट उक्त परिमाणको विद्युत् उत्पादन गर्न सकिन्छ । उक्त अध्ययनले प्रतिमेगावट ५ करोड रुपैयाँ लागत पर्ने देखाएको थियो । विश्व बैंकको सहयोगमा गरिएको उक्त सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्ने काम भने हाल विद्युत् विकास विभागले निजी परामर्शदाता कम्पनीहरूमार्फत गरिरहेको छ ।

सम्भाव्यता अध्ययनको काम ४ महिनाभित्र सकिने विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार श्रेष्ठले बताए । तर, यो आयोजना निर्माणमा सरकारले भने खासै उत्साह देखाउन सकेको छैन । कागजी रूपमा नीति तथा कार्यक्रम, बजेट भाषण र श्वेतपत्रमा सधैँ पर्ने आयोजनाको निर्माण कार्य भने अझै अनिश्चित छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.