७.४९ अंकले बढ्यो नेप्से, ९६ करोडको कारोबार

  २०७६ जेठ ८ गते १८:२०     विकासन्युज


काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक ७.४९ अंकले बढेको छ । ०.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १३१९.६३ बिन्दुमा पुगेको हो । बुधबार सेयर बजारमा १७१ कम्पनीले सेयर कारोबार गरेका छन् । ३४ लाख ३६ हजार ९ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ९६ करोड ६६ लाख ९३ हजार २ सय ४९ रुपैयाँको कारोबार भएको छ ।

बजार बढेको दिन नेप्सेका २ सूचक मात्र राता देखिए भने बाँकीमा हरियाली छायो । बैंक समूह २.५९, होटल समूह ५२.२३, विकास बैंक समूह ६.०३, जलविद्युत समूह ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, माईक्रोफाइनान्स ७.२१ र जीवन बीमा समूह ४३.५९ अंकले बढेका छन् ।

बजार बढेको दिन उत्पादनमूलक समूह ८४.५३ अंकले र म्यूचुअल फण्ड ०.२ घटेका छन् । बुधबार अरुण भ्याली हाईड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने घलेम्दी हाईड्रोका लगानीकर्ताले ९.४८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.