चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा भट्टराई र स्मृत सम्मानित

  २०७६ जेठ ८ गते १२:५८     विकासन्युज

काठमाडौं । चलचित्र पत्रकार संघको २० औं वार्षिकोत्सवमा उत्कृष्ट ५ जना पत्रकार सम्मान सहित पुरस्कृत भएका छन् । चलचित्र पत्रकार दिवसको अवसरमा करिव २ दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकार सम्मान एवंम कुवेर गिरी र शारदा थापालाई चलचित्र पत्रकारिता पुस्कार २०७५ प्रदान गरिएको छ । ३ वर्षदेखि चलचित्र फोटो पत्रकारिता गर्दै आएका विनोद पोख्रेललाई एक थान कम्प्युटर प्रदान गरियो ।


उक्त कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटा र चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सो सम्मान सहितको पुरस्कार प्रदान गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले आगामी दिनमा चलचित्र पत्रकारितालाई अगाडी लैजान सहयोग गर्ने र सबैको चासो रहेको बक्स अफिस लागु हुने जानकारी दिए ।

त्यस्तै बोर्डका अध्यक्ष भट्टराईले सम्मानित सबैलाई शुभकामना दिँदै सो कार्यक्रम मार्फत नै साउन देखि नेपाल भरि नै बक्स अफिस लागु हुने घोषणा गरेका छन् । त्यस्तै कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापाले महासंघ चलचित्र पत्रकारको हरेक क्रियाकलापलाई नजिकबाट नियाल्दै आएको हुँदा आफ्नो काम र कर्तव्यलाई बुझेर अगाडी बढ्दा सहयोग निरन्तर रह्ने जानकारी दिए ।

त्यस्तै भुवन केसी, करिश्मा मानन्धर, दिपकराज गिरीले शुभकामना मन्तव्य राखेका थिए । चलचित्रकर्मि, उत्पादक एवंम पत्रकारको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले संघले पत्रकारका हकहित र मर्यादालाई नजिकबाट निर्यादै आएको र अबका दिनमा पनि पत्रकारको आवाजलाई आत्मसाथ गर्दै चलचित्र पत्रकार संघ अगाडी बढ्ने कुरा प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.